स्याङ्जामा २९ प्रतिशत बेरोजगार
स्याङ्जा | चैत १३, २०७९
स्याङ्जा: लोक सेवा आयोगमा देशमै पहिलो स्थानमा रहेको स्याङ्जामा पछिल्लो जनगणनामा २८.६४ प्रतिशत नागरिक बेरोजगार देखिएका छन् ।
२०७८ को जनगणनामा दुई लाख ५३ हजार २४ जनसङ्ख्या रहेको यहाँ जनगणनाको समयमा १० वर्ष पुगेकाले १२ महिनासम्म कुनै पनि काम नगरेको जनसङ्ख्या जिल्लामा ठुलो देखिएको हो । जनगणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४७३ जना बेरोजगार रहेका हुन् ।
काम गर्न सक्ने दुई लाख १६ हजार ७८९ भए पनि २६ हजार ९०८ जनाले तीन महिना कम र तीन महिना भन्दा बढी अर्थात् छ महिना भन्दा कम २७ हजार ९९४ जनाले कुनै न कुनै काम गरेका छन् । छ महिना भन्दा बढी आर्थिक काम गर्नेको सङ्ख्या ८९ हजार ४ सय १४ जना रहेको छ ।
काम गर्न सक्ने मध्ये कै २९.५ प्रतिशत अर्थात् ६३ हजार ८ सय ६५ जना आर्थिक रूपमा बेरोजगार रहेको गणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । काममा संलग्न हुनसक्ने उमेर भए पनि एक हजार ९२५ जनाले कामको श्रोत नखुलाएकोतथ्याङकमा मा उल्लेख गरिएको छ । यहाँ एक लाख दुइ हजार ७८६ जनाले मात्रै प्रायः सक्रियता पूर्वक काम गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सक्रिय सङ्ख्या ४८ हजार २ सय १३ जनाले कहिले काँही काममा सक्रियता देखाउने गरेको तथ्याङ्कमा सार्वजनिक गरिएको छ ।
जनगणनाको समयमा आर्थिक क्रियाकलापको पेसागत रूपमा सबै भन्दा धेरै कृषिजन्य उत्पादनमा ६४.७ प्रतिशत जनसङ्ख्या आबद्ध रहेका छ । त्यस्तै प्राथमिक पेसा कामदारमा १४.६, सेवा तथा बस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनमा ४.१ र पेसाविद्मा चार प्रतिशत सहित केही सङ्ख्या शिल्पकला तथा कारखाना यन्त्र पेसामा आबद्ध रहेका छन् ।
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिस...

